भ्रमण बर्षका लागि सुदूरपश्चिमको पर्यटन समिति पुर्नगठन, कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप
नेपाल भ्रमण बर्षका लागि सुदूरपश्चिममा पर्यटन प्रवद्र्धन समिति पुर्नगठन गरिएको छ। झण्डै ५ महिना अगाडी संघीय सरकारको सस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गठन गरेको समिति प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पुर्नगठन गरेको हो। यसअघि १७ सदस्यीय समिति रहेकोमा अहिले १९ सदस्य थप गरिएको छ।
यसअघि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सिफारिसमा गठन गरिएको समन्वय समिति न्यायोचित नभएको भन्दै विरोध भएको थियो। पुर्नगठित पर्यटन समितिको संरक्षकमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, अध्यक्षमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, सह–अध्यक्षमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, उपाध्यक्षमा प्रदेशका प्रमुख सचिव नारायणप्रशाद विडारी रहेका छन्।
समितिको सदस्य सचिवको जिम्मेवारी प्रदेशको उद्योग, ,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवलाई दिईएको छ। यस्तै बाँकी ३२ जना नीजि क्षेत्रबाट समितिमा राखिएको छ। कैलाली, डडेल्धुरा, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्षलाई पनि समितिको सदस्यको जिम्मेवारी दिईएको छ।
यस्तै कैलालीका कलम बम, गोपाल हमाल, सञ्जय चौधरी, मायाप्रकाश भट्ट। सुवास शाही, धर्मराज पाठक, चन्द्र विष्ट, मानवहादुर शाही, किशोर खड्का, प्रकाश भट्ट, सुर्य थापा, कर्ण कुँवर र रंग अधिकारी रहेका छन्। यस्तै कञ्चनपुरबाट परमानन्द भण्डारी, कल्पना गैह्रे, पदम भट्ट, नरेन्द्र कुँवर पनि सदस्यमा रहेका छन्।
डडेल्धुराबाट विनोद जोशी, डोटीबाट खगेन्द्र साउद र गणेदत्त भट्ट, अछामबाट रमेश कुँवर र मोतीकला चलाउने, बैतडीबाट नरवहादुर चन्द र गोकर्ण दयाल, बाजुराबाट निरवहादुर शाही, दार्चुलाबाट मंगलसिंह ठगुन्ना, बझाङबाट लक्ष्मी बुढा र कटकवहादुर कठायत पनि सदस्यमा रहेका छन्।
यसअघि गठित समितिमा रहेका १४ जना सदस्य मध्ये १० जना कैलाली, तीन जना कञ्चनपुर र एक जना डडेल्धुराका रहेका थिए। पहाडी ६ जिल्लाको प्रतिनिधित्व समेत भएको थिएन भने पुर्नगठन गर्दा ९ वटै जिल्लाको प्रतिनिधित्व गरार्ईको प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रशाद श्रेष्ठले बताए।
उनले समितिको पहिलो बैठक ८ गते बोईएको बताउँदै उक्त बैठकपछि भ्रमण बर्षका लागि विभिन्न तयारी गरिने बताए। यता कतिपयले भने प्रदेश सरकारले ९ जिल्लाको प्रतिनिधित्वको नाममा कार्यकर्ता थप्ने मात्रै काम भएको आरोप लगाएका छन्।
उद्योग वाणिज्य संघ डोटीका महासचिव दीपक खड्काले पर्यटन समिति गठन भएको ५ महिना सम्म एउटा पनि बैठक बस्न नसकेको बताउँदै पुर्नगठित समितिमा पनि कार्यकर्ता मात्रै थप्ने काम भएको बताए। समितिमा पर्यटन सम्वन्धी जानकारी समेत भएका व्यक्तिलाई समेत सदस्य राखिएको उनको आरो छ।
यसअघि पर्यटन बर्षका लागि गठन गरिएको सुदूरपश्चिमको समितिमा संरक्षक मुख्यमन्त्री, अध्यक्ष प्रदेशका पर्यटन मन्त्री, सह –अध्यक्ष प्रदेशका प्रमुख सचिव, सदस्य सचिव प्रदेशको पर्यटन मन्त्रालयका सचिवलाई राखिएको थियो।
कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारीलाई प्रादेशिक कार्यक्रम संयोजक, उद्योग बाणिज्य संघ कैलाली, कञ्चनपुर र डडेल्धुराका अध्यक्षलाई सदस्य, कैलालीका कलम बम, गोपाल हमाल, सन्जय चौधरी, मायाप्रकाश भट्ट, सुवाश शाही, धर्मराज पाठक, चन्द्र विष्ट, मानवहादुर शाही र किशोर खड्का पनि सदस्य रहेका थिए।
कञ्चनपुरबाट कल्पना गैरेलेलाई समेत सदस्यको जिम्मेवारी दिईएको थियो। नेपाल पर्यटन बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ। सुदूरपश्चिम प्रदेशमा पर्यटक भित्र्याउन सक्ने थुप्रै सम्भावनाका क्षेत्रहरु रहेका छन्।