सुदूर नेपाललाई विश्वसँग जोड्दै

करोडौंका सरकारी सवारी साधन खिया खादै

२०७४ फाल्गुन २१, ११:५०

प्रदेश ७ को अस्थायी राजधानी धनगढीका अधिकांश सरकारी कार्यालयमा पुग्दा कार्यालय परिसर भित्र एक÷दुई वटा थोत्रा सवारी साधन त अवश्य पनि देख्न पाईन्छ । जिल्ला प्रशासन कार्यालयको कर्मचारी आवास गृह, धनगढी उपहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र शिक्षाका लागि खाद्य परियोजना समन्वय कार्यालयमा सहजै थोत्रा गाडी देख्न सकिन्छ ।

वषौँ पुराना र प्रयोगविहिन भएका ती सवारी साधन समयमै लिलाम नगरिदा खिया खाईरहेका छन । ६ वटा गाडी र ४ मोटरसाईकल परिसरमै थन्क्याएको शिक्षाका लागि खाद्य परियोजना समन्वय कार्यालय धनगढीका प्रमुख नेत्रप्रसाद पन्तले ती सवारीको लिलाम प्रक्रिया थालिएको दावी गरे ।

सबै सवारीको मुल्याङ्कन गरेर विभागमा पठाईएका परिपत्र आउने वित्तिकै लिलामका लागि सुचना जारी गर्ने उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयले पनि बिग्रिएको भन्दै २ वटा सवारी साधान कार्यालय परिसरमै थन्क्याएको छ । बा १ झ ४०२६ र बा १ झ ५४१७ नम्बरका जीप जनस्वास्थ्य कार्यालयको परिसरमा राखिएका छन ।

वषौँदेखि विग्रिएर राखिएका ती सवारी साधान लिलाममा नचढाईएको विषयमा जनस्वास्थ्य कार्यालयका प्रमुख टंक चापागाईले अन्य सामाग्री पनि लिलाम गर्नुपर्ने भएकाले सबैको प्रक्रिया एकसाथ सुरु गर्ने वताए ।
धनगढी उपमहानगरपालिका कार्यालयले पनि दुई वटा सवारी साधन परिसरमै थन्क्याएको छ । थोत्रो भएको एउटा फोहोर बोक्ने गाडी र जीप उपमहानगरपालिकामको परिसरमा थन्क्याईएका हुन ।

जीप वषौँदेखि कार्यालयमा रहेपनि फोहोर वोक्ने गाडी गत वर्ष मात्रै बिग्रिएकाले अब छिट्टै लिलाम प्रक्रियामा लगिने धनगढी उपमहानगरपालिकाको जिन्सी फाँटका नायब सुब्बा कृष्णप्रसाद जोशीले बताए ।
वर्षौदेखि प्रयोगविहिन भएका सवारी साधनहरुलाई अधिकांश कार्यालयले चउरमा थन्काएपछि खिया लाग्दै गएको छ । समयमै त्यस्ता सवारी लिलाम नगरिदा लाखौँको राजश्व गुमिरहेको छ ।

कमेन्ट लोड गर्नुस