सुदूर नेपाललाई विश्वसँग जोड्दै

साठी हजार जापानीले नेपाल भ्रमण गर्ने

२०७६ कार्तिक ४, ०५:४३ खबर संवाददाता

कार्यक्रममा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका महाचिव तोसिहिरो निकाइले नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गराए। तोसिहिरो नेपाल जापान संसदीय ग्रिडका अध्यक्ष पनि हुन्।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आगामी वर्षमा नेपाल र जापानी प्रधानमन्त्रीको भ्रमण आदान प्रदान  गराउने लक्ष्य रहेको बताए। कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत सहभागी थिए।। राष्ट्रपति भण्डारीले मङ्गलबार गद्धी आरोहण समारोहमा भाग लिनाका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्ने छन्। रासस

 

कमेन्ट लोड गर्नुस