सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्थानीय सरकारका पदाधिकारीका लागि सुशासन सम्बन्धि तालिम

२०७६ असोज २८, ०४:३६ खबर संवाददाता

धनगढीमा स्थानीय सरकारका पदाधिकारीका लागि सुशासन सम्बन्धि तालिम सुरु भएको छ। नेपालस्थित अमेरिकी राजदूतावास र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा तालिम सुरु भएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमकाबीच तालिमको उद्घघाटन गरे।

तीन दिनसम्म सञ्चालन हुने तालिममा सुदूरपश्चिममा २० भन्दा बढि स्थानीय तहका उप–प्रमुखहरुको सहभागिता रहेको छ। उद्घघाटन कार्यक्रममा अमेरिकी राजदूतावासका निर्देशक सुलभ भट्टको पनि सहभागिता रहेको थियो। संघका अध्यक्ष पुष्पराज कुँवरको सभापतित्वमा तालिमको उद्घाटन कार्यक्रम भएको हो।

कमेन्ट लोड गर्नुस