सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ७ जुवाडे पक्राउ, ८८ हजार नगद बरामद

। फोटो स्रोत ।
२०७६ असोज २८, १२:४४ खबर संवाददाता

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले घरमै जुवातास खेलाइरहेको अवस्थामा घरवेटीसहित ७ जनालाई पक्राउ गरेको छ ।

जुवातास खेलेको सूचनाका आधारमा प्रहरीले धनगढी उपमहानगरपालिका ३ विशालनगरबाट घरवेटी ताराचन्द, सोही ठाउँका गणेशबहादुर साउँद, नरबहादुर ऐर, खगेन्द्र रावत, वडानम्बर ४ का हरिसिंह बोहरा, ५ का प्रकाश भाट र कृष्णपुर नगरपालिका ८ कंचनपुरका गिरिराज पाण्डेयलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनीहरुबाट नगद ८८ हजार ४०५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेका सातै जनालाई जुवा ऐनअनुसार कारवाही गरिने डीएसपी बस्नेतले बताए ।

कमेन्ट लोड गर्नुस