सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले खरिद गरेका १६ एम्बुलेन्स ढाई महिनादेखि थन्किए

२०७६ असोज २८, ११:५७ रोशन भट्ट

सुदूरपश्चिम प्रदेशका १६ वटा स्वास्थ्य संस्थाको लागि खरिद गरिएका अत्याधुनिक एम्बुलेन्स वितरणमा ढिलाई भएको छ। प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरिय तथा छिटोछरितो बनाउने उद्देश्यका साथ सामाजिक विकास मन्त्रालयले खरिद गरेका एम्बुलेन्स वितरणमा ढिलाई भएको हो। वितरणमा ढिलाइ हुँदा ती एम्बुलेन्स ढाई महिनादेखि धनगढीस्थित सिप्रदी ट्रेडिङमै थन्किएका छन्। दशैं अगाडी नै संञ्चालनमा ल्याउने गरि साउनमा खरिद गरिएका एम्बुलेन्स ढाई महिना देखि थन्किएका हुन्। स्थानीय तहलाई मर्मत र चालकको व्यवस्था गर्ने गरी एम्बुलेन्स हस्तान्तरण गरिने बताईएपनि आन्तरिक खिचातानीका कारण ढिलाई भएको बुझिएको छ।

समाजिक विकास मन्त्रलयले पनि आन्तरिक व्यवस्थापनका कारण ढिलाई भएको स्विकार गरेको छ। ‘चालक र स्वास्थ्यकर्मीलाई एम्बुलेन्सले सञ्चालन गर्नु पुर्व तालिम प्रदान गर्नुपर्ने हुन्छ,’ सामाजिका विकास मन्त्रालय प्रवक्ता झंकर विष्टले भने, ‘तालिम प्रदानमै ढिलाई हुँदा अहिले सम्म हस्तान्तरण नभएको हो।’ ‘सुरुवातमा सात पहाडी जिल्लाका १६ ओटा निर्वाचन क्षेत्रलाई दिने भन्दै एम्बुलेन्स खरिद गरिएको थियो। तर पछिल्ला समयमा आएर पुर्वाधार पुगेका अन्य क्षेत्रलाई पनि वितरण गर्ने गरि स्वास्थ्य संस्थाको नाम हेरफेर गरिएको छ।’ उनले भने। तर स्वास्थ्य सस्था हेरफेर गर्दा प्रदेशका मन्त्री र सासंदको स्वार्थ समेत जोडिएको आरोप लागेको छ।

सुरुमा छनोट भएका स्वास्थ्य संस्थाहरुको नाम राजनीतिक आडमा हेरफेर गर्न लाग्दा एम्बुलेन्स वितरणमा ढिलाई भएको आरोप लाग्दै आएको छ। तर मन्त्रालयका प्रवक्ता विष्टले भने पुर्वाधार पुगेका अन्य क्षेलाई समेत समावेस गर्दा समय लागेको बताए।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताल, प्राथमिक स्वस्थ्य केन्द्र कमलबजार अछाम, जोजबुडा अस्पताल डडेल्धुरा, जिल्ला अस्पताल दार्चुला, बैतडी र बझाङ, टाटे स्वास्थ्य चौकी वाजुरा, रुद्रेश्वर स्वास्थ्य चौकी बैतडी, खार स्वास्थय चौकी दार्चुला, रायल स्वास्थ्य चौकी बझाङ, नवदुर्गा स्वास्थ्य चौकी डडेल्धुरा, डोटीमा जिल्ला अस्पताल र चवराचौतार स्वास्थय चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढीमा एम्बुलेन्स वितरण हुने भएको छ।

सवा ६ करोड बजेटमा प्रदेश सरकारले १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो। सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डर बाहेकका सुबिधा नभएको अवस्थामा नयाँ खरिद गरिएका १६ वटा एम्वुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सीजन सिलिण्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुबिधा छ। खरिद गरिएको दुई महिना सम्म वितरण नगरिएका एम्बुलेन्सलाई तिहार लगत्तै वितरण गर्ने दावी मन्त्रालयको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस