सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय र प्रादेशिक आर्थिक विकास परियोजना कार्यान्वयनका लागि धनगढीमा छलफल

२०७६ असोज १३, ०४:४६ खबर संवाददाता

स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना कार्यान्वयनका लागि सरोकारवालाहरु बीच सोमबार धनगढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिआईजेडको आर्थिक तथा प्राबिधिक सहयोगमा भएको कार्यक्रममा सुदूरपश्चिमको आर्थिक विकासका संभावनाहरु, स्थानीय तथा प्रादेशिक विकास परियोजना कार्यान्वयनका विषयमा छलफल भएको छ।

कार्यक्रममा जिआईजेडका दीपक श्रेष्ठले नेपाल र जर्मन सरकारबीच दिगो आर्थिक विकास क्षेत्र अन्तगर्तत २०१८ सेप्टेम्बरमा भएको सहमती अनुसार परियोजना सञ्चालनमा आएको बताए। सोही सहमती अनुसार जिआईजेडको सहयोगमा यो परियोजना सुदूरपश्चिम प्रदेशमा सञ्चालन भईरहेको श्रेष्ठले बताए। उनले सुदूरपश्चिम प्रदेशका ११ वटा नगरपालिका र एक उप–महानगरपालिकामा परियोजना सञ्चालन गरिने जानकारी दिए।

अन्तरक्रिया कार्यक्रमकी प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाकी उप प्रमुख सुशिला मिश्र भट्टले यस क्षेत्रको विकासका लागि सबै क्षेत्रसंग हातेमालो गरेर काम गर्न तयाररहेको बताईन्। कार्यक्रमको उद्देश्यमाथि धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले प्रकाश पारे। अन्तरक्रियामा निजी क्षेत्रका समस्या र चुनौतीका विषयमा पनि छलफल भएको छ।

कमेन्ट लोड गर्नुस