एसिड आक्रमणमा परेका दुई जनालाई सरकारले ३/३ लाख सहयोग गर्ने
एसिड आक्रमणमा परेका दुई जना जेनी खड्का र मुस्कान खातुनलाई सरकारले आर्थीक सहयोग गर्ने भएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
काभ्रे घर भइ काठमान्डौँ कालोपुल बस्दै आएकी जेनी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड छ्यापेका थिए। यस्तै मुस्कान खातुनलाई भदौ २० गते विदयालय जानेक्ममा सम्साद मियाँले एसिड छ्यापेका थिए। उनीहरू दुबैको कीर्तिपुर अस्पताल उपचार भइरहेको छ।