क्यान्सर पीडित बोहरालाई एक लाख ७७ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग
धनगढीः कैलालीको चुरे गाउँपालिका–२, कड्किरीकी क्यान्सर पीडित मिनाकुमारी बोहरालाई उपचारका लागि एक लाख ७७ हजार ९५८ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।
मनोज साउँद, दिलिप बोहरा र ललित दियाकोटीको नेतृत्व तथा पहलमा उक्त रकम संकलन गरिएको हो। संकलित एक लाख ७७ हजार ९५८ रुपैयाँ पीडित बोहरालाई हस्तान्तरण गरिएको जनाइएको छ।
चुरे गाउँपालिका–२ का वडा सदस्य नरबहादुर साउँदको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो। क्यान्सर रोगसँग संघर्ष गरिरहेकी बोहराको उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग संकलन गरिएको सहयोगकर्ताहरूले बताएका छन्। साथै उनीहरूले बोहराको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।