सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला

२०७६ असोज ५, १२:२५ खबर संवाददाता

दशैँमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। आइतबारदेखि टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ। काठमान्डौँको कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चावहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगातीलगायत ठाउँबाट अग्रिम टिकट बुकिङ गर्नसक्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। दशैँका बेला २० देखि २२ लाख यात्रुले काठमाण्डौ छोड्ने विभागको अनुमान छ। टिकट काट्न झन्झट नहोस् भनेर विभागबाट अनुगमन टोली र सादा पोशाकमा प्रहरी खटाइने उनले बताए।
 

कमेन्ट लोड गर्नुस