फरार प्रतिवादी प्रक्राउ
२०८३ असोज २८, ११:१२
वीरगन्ज (पर्सा) : प्रहरीले फरार प्रतिवादी प्रक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका–३ स्थित जिल्ला अदालतबाट बहुविवाह मुद्दामा एक वर्ष चार महिना कैद तोकिएका फरार प्रतिवादी ३९ वर्षीय महमद साविरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतमा दाखिला गराएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
कमेन्ट लोड गर्नुस