सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जबरजस्ती करणी उद्योगको आरोपमा पूर्वमुख्यमन्त्रीका छोरा पक्राउ

२०८३ असोज १९, ०४:३५ खबर संवाददाता

धनगढी: जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरीका आधारमा धनगढीका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१, शिवनगरका बबी सोडारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार सोडारीविरुद्ध एक युवतीले करिब एक वर्षअघि जबरजस्ती करणी उद्योगको जाहेरी दिएकी थिइन्।

सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको तिमिल्सिनाले बताए। सोडारी सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा हुन्।

कमेन्ट लोड गर्नुस