सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट बेपत्ता १५ वर्षीय किशोर भेटिए 

२०८३ असोज १२, ०३:००

धनगढीः धनगढीबाट आइतबार साँझदेखि बेपत्ता भएका १५ वर्षीय चन्द्र ऐरी फेला परेका छन्।

धनगढी उपमहानगरपालिका–५ हसनपुरका ऐरी आइतबार साँझ करिब साढे ६ बजे घरबाट निस्किएपछि परिवारको सम्पर्कमा आएका थिएनन्।

उनी ऐश्वर्या विद्या निकेतनमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। परिवारले खोजीका लागि प्रहरी तथा सम्बन्धित निकायलाई जानकारी गराएको थियो।

खोजीका क्रममा ऐरी फेला परेको परिवारले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस