सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापामा भएको इन्डो–नेपाल तेक्वान्दो च्याम्पियनसिपमा कैलालीका खेलाडीको उत्कृष्ट प्रदर्शन

२०८३ असोज ११, ०६:५७ खबर संवाददाता

धनगढी: कैलालीका तेक्वान्दो खेलाडीहरूले झापामा आयोजित ‘मेची तेक्वान्दो इन्डो–नेपाल च्याम्पियनसिप–२०२६’ मा उत्कृष्ट प्रदर्शन गर्दै तीन स्वर्णसहित चार पदक जितेका छन्।

झापाको बिर्तामोडमा असोज ९ गतेदेखि ११ गतेसम्म आयोजना भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कैलालीबाट सहभागी खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै पदक हात पारेका हुन् ।

प्रतियोगितामा प्रीति सिंह, दिपा जैसी र डिल्ली राज जोशीले प्रथम हुँदै स्वर्ण पदक जितेका छन्। यस्तै, रितिस सिंहले द्वितीय हुँदै रजत पदक प्राप्त गरेका छन्।

कैलालीबाट सहभागी खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीबीच प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक योगेन्द्र खोलाउलाले बताए।

प्रशिक्षक खोलाउलाले पदक विजेता खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले खेलाडीहरूको मेहनत, अनुशासन र निरन्तर अभ्यासले प्रतियोगितामा राम्रो नतिजा हासिल गर्न सफल भएको बताए।

कमेन्ट लोड गर्नुस