सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

२०८३ असोज ११, १२:५० रासस

वीरगञ्ज (पर्सा) :  वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मी  निवासी सागर कर्णको परिवारलाई  आर्थिक सहयोग गरेको छ ।

समाजका अध्यक्ष सञ्जीव थापाले कर्णकी श्रीमती सरितालाई उनको निवासमा पुगेर खाद्यान्नलगायत दैनिक उपभोगका सामग्री तथा रु पाँच हजार १०० नगद हस्तान्तरण गरे । 
सवारी चालक कर्ण मातापिताका एक्लो सन्तान हुनुहुन्थ्यो । उनका वृद्ध पितामाता र दुई साना सन्तान उनको अनुपस्थितिमा खिन्न हुनुहुन्छ । 

यसैबीच, वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज महानगरपालिका–२७ कुहडीका २८ वर्षीय मुन्ना अन्सारीको परिवारलाई भेटेर सहयोगको वचन दिएको छ । 

कमेन्ट लोड गर्नुस