सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

२०८३ असोज ७, ११:५५ रासस

काठमाडौँ :स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य प्रतितोला रु १०० र चाँदीको मूल्य रु ४० बढेको हो । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८१५ कायम भएको छ । 
हिजो छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७७५ मा कारोबार भएको थियो ।
 

कमेन्ट लोड गर्नुस