सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा सर्पले टोकेर ५ वर्षीय बालकको मृत्यु

२०८३ असोज ६, ११:४१ खबर संवाददाता

कैलाली: कैलालीको गोदावरीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–९ बल्मीका गणेश नेपालीका ५ वर्षीय छोरा विहान नेपालीको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

भदौ २५ गते आफ्नै घरको सुत्ने कोठामा खाटमा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको थियो। सर्पले टोकेपछि उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो।

अस्पतालमा उपचारकै क्रममा मंगलबार बिहान २ः३० बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस