सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते

२०८३ भदौ १८, ०७:५८ खबर संवाददाता

बैतडीः बैतडमीमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

बुधबार साँझ सतबाँझबाट सुर्नयाको बरायलतर्फ जाँदै गरेको बा.प्र.०३१ च ९३६८ नम्बरको जिप सुर्नया गाउँपालिका–२ लिस्किटामा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उक्त जिप अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको थियो।

घाइते हुनेमा सुर्नया गाउँपालिका–२ की अन्दाजी ६५ बर्षीया हजारी बिष्ट, सोही ठाउँकी ३१ बर्षीया सुशीला भण्डारी, सोही ठाउँकी ७ बर्षीया दिप्ती बिष्ट, सुर्नया गाउँपालिका–६ रीगा बस्ने २० बर्षीया दिपा कुँवर, सुर्नया गाउँपालिका–५ स्वाली बस्ने ३० बर्षीय हरिश विक, सोही ठाउँका ४३ बर्षीय तिलक चन्द र सोही ठाउँका ३० बर्षीय दिपक चन्द रहेका प्रहरीले जनाएको छ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाएको र उनीहरुको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ। जिपमा ११ जना सवार रहेकोमा अन्य सकुशल रहेका छन।

कमेन्ट लोड गर्नुस