सुदूर नेपाललाई विश्वसँग जोड्दै

मदिरा व्यवसायी संघ कैलालीको अध्यक्षमा बम निर्वाचित

२०८३ भदौ १५, ०९:११ खबर संवाददाता

धनगढीः मदिरा व्यवसायी संघ कैलालीको नयाँ कार्यसमिति चयन भएको छ। आईतबार सम्पन्न मत परिणाम अनुसार कमल बम अध्यक्षमा ९५ मत सहित निर्वाचित भएका छन्।

अध्यक्ष पदमा बमसँगै सागर शमशेर राणा प्रतिस्पर्धामा थिए। राणाले ५२ मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षतर्फ विनोद बलायर, रविन्द्र थापा र दिपेन्द्रबहादुर सिंह निर्वाचित भएका छन्। बलायरले १०९, धापाले ८३ र सिंहले ८२ मत प्राप्त गरेका छन्। महासचिवमा मधव राज उपाध्याय ९७ मतसहित निर्वाचित भएका छन् भने सचिवमा पूर्णबहादुर बोहरा १०१ मत प्राप्त गर्दै विजयी भएका छन्। कोषाध्यक्षमा राकेश कुमार चौधरी १०४ मतसहित निर्वाचित भएका छन्।

सहकोषाध्यक्ष साजन कुवर भने निर्विरोध निर्वाचित भएका हुन। कार्यसमिति सदस्यतर्फ गणेशबहादुर बोहरा, दीपक धामी, चन्द्रा कुमारी बोगटी, रामकृष्ण चौधरी र पुरनबहादुर राना निर्वाचित भएका छन्। निर्वाचन समितिको विवरणअनुसार सदस्यतर्फ गणेशबहादुर बोहराले ९५, दीपक धामीले १०१, चन्द्रा कुमारी बोगटीले ९६, रामकृष्ण चौधरीले ८३ र पुरनबहादुर राणाले ८३ मत प्राप्त गरेका छन्। मदिरा व्यवसायी संघ कैलालीको नेतृत्व चयनका लागि कमल बम र सागर शमशेर राणा नेतृत्वका दुई समूह चुनावी प्रतिस्पर्धामा थिए।

कमेन्ट लोड गर्नुस