सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढीले टिमुरेका सात बैंकका शाखा बगायो

२०८३ भदौ १०, ०२:२० खबर संवाददाता

काठमाडौँ: रसुवाको टिमुरेमा भोटेकोशी नदीमा आएको भीषण बाढीले सातवटा बैंकका शाखा कार्यालय बगाएको छ।

बुधबार बिहान करिब सवा ९ बजे आएको बाढीले टिमुरेमा रहेका कुमारी बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक र सानिमा बैंकका शाखा कार्यालयमा क्षति पुर्‍याएको हो।

बाढीले केही बैंकका कार्यालय पूर्ण रूपमा बगाएको बताइएको छ। यस्तै, हिमालयन बैंकको बेत्रावती शाखामा समेत क्षति पुगेको छ।

बाढीबाट प्रभावित क्षेत्रमा रहेका लघुवित्त तथा सहकारी संस्थाका कार्यालयमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बैंक तथा वित्तीय संस्थामा भएको क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ।
 

कमेन्ट लोड गर्नुस