सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार

२०८३ भदौ १०, ०१:५० रासस

त्रिशूली (नुवाकोट): भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन्। त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो। शवको पहिचान भने भएको छैन। बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ।

उनीहरूलाई  विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ। बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उनले जानकारी दिए।

कमेन्ट लोड गर्नुस