सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम रोयल्सलाई सुविसुको साथ

२०८३ साउन २९, ०५:४७ खबर संवाददाता

नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सलाई इन्टरनेट पार्टनरको रुपमा सुविसु लिमिटेडले साथ दिने भएको छ।   

सुविसुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय मोहन साउद र र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले एनपीएलको आगामी सिजनका लागि सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेट आवश्यकतामा सुविसुले साझेदारी गर्नेछ।

सुदूरपश्चिम रोयल्सले एनपीएलका लागि टोली निर्माणलाई तीब्रता दिईरहेको छ। टोलीले यसअघि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ।

कमेन्ट लोड गर्नुस