सुदूर नेपाललाई विश्वसँग जोड्दै

कप्तानगञ्ज घटनाः घाइते मेहताको उपचारको क्रममा मृत्यु

२०८३ साउन १९, ०३:२९ खबर संवाददाता

सुनसरी: सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारको क्रममा निधन भएको छ।

गोली लागेपछि गम्भीर घाइते हुनुभएका मेहताको प्रारम्भिक उपचार विराटनगरमा गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) रेफर गरिएको थियो। उपचारकै क्रममा उनकाे निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिए। 

मेहताको निधनको खबरले देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रमा शोक छाएको अध्यक्ष मेहताले बताए। स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। स्थानीय विवेक मेहताका अनुसार यस घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

कमेन्ट लोड गर्नुस