सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १ लाख ९१ हजार मूल्य बराबरको अवैध सामान बरामद

२०८३ साउन १८, ०८:०३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका प्रहरी टोलीहरूले जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा सो सामान फेला पारेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले २९ हजार चार सय बिस रुपैयाँ र अस्थायी प्रहरी बिट भाँसीबाट खटिएको टोलीले १ लाख ६२ हजार एक सय पचास रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो।

बरामद गरिएका सामानहरूमा स्प्राइट (पेय पदार्थ), चिनी, तेल, तोरी तथा फेन्सी कपडाहरू रहेका छन्। दुवै टोलीले गरी जम्मा १ लाख ९१ हजार पाँच सय सत्तारी रुपैयाँ मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतका अनुसार बरामद गरिएका सम्पूर्ण सामानहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ।

कमेन्ट लोड गर्नुस