सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

२०८३ साउन १३, ०१:०८ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेका सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक अवस्था लगायत पछिल्ला घटनाक्रमबारे छलफल गरेका हुन्।

राष्ट्रपतिको सचिवालयका अनुसार भेटका क्रममा लामिछानेले सुनसरी घटनाको सन्दर्भमा छलफल गर्न आह्वान गरिएको सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

भेटका क्रममा देशको वर्तमान राजनीतिक परिस्थिति र समसामयिक विषयमा समेत विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस