सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामुदायिक सेवा सहयोग संस्थामा आयुर्वेद एचए तेस्रो वर्षका विद्यार्थीलाई बिदाइ

२०८३ साउन ११, ०२:४० खबर संवाददाता

धनगढी: Institute of Community Service Assist सामुदायिक सेवा सहयोग संस्थान (ICSA) मा अध्ययनरत आयुर्वेद हेल्थ असिस्टेन्ट (HA) तेस्रो वर्षका विद्यार्थीहरूको बिदाइ तथा शुभकामना कार्यक्रम भव्य, उत्साहपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। यो कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट उत्पादन भएको पहिलो HA ब्याचको ऐतिहासिक बिदाइ कार्यक्रम समेत रहेको हो।

विद्यार्थीहरूको सक्रिय आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सभापति तथा विद्यार्थी प्रतिनिधि दिल्ली प्रसाद कँडेलको अध्यक्षतामा क्याम्पस प्रमुख, आमन्त्रित अतिथिहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय र उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सामुदायिक सेवा सहयोग संस्थानका कार्यबहाक अध्यक्ष चन्द्र बहादुर चन्द (CB चन्द) को उपस्थिति रहेको थियो। त्यस्तै विशिष्ट अतिथिका रूपमा प्रदेशिक आयुर्वेद चिकित्सालयका प्रमुख डा. ओम प्रकाश कलौनी, डा. रोहन रावत तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो। अतिथिहरूमा भेटेरिनरी को–अर्डिनेटर कृष्ण रावत, डा. शंकर पौडेल, पूर्व क्याम्पस प्रमुख डा. हेमराज पन्त, डा. मेलिना ज्ञवाली, डा. बिपिन भट्ट, डा. रञ्जित केशरी, डा. दुर्गा पौडेल, इन्द्र बहादुर बिष्ट, टेकराज भट्ट, मीरा जोशी लगायत विभिन्न आयुर्वेदिक कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। साथै भेटेरिनरी तथा HA का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी सबैले आपसी भेटघाट, अनुभव आदान–प्रदान तथा भावनात्मक क्षणहरू साझा गर्दै कार्यक्रमलाई अझ स्मरणीय बनाएका थिए। विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, गीत–संगीत, नृत्य तथा अनुभव आदान–प्रदानका कार्यक्रमहरू प्रस्तुत गर्दै आफ्नो अध्ययन यात्राका सम्झनाहरूलाई जीवन्त बनाएका थिए। साथै, उनीहरूले आफ्नो शैक्षिक यात्रामा प्राप्त ज्ञान, सीप र अनुभवबारे मन्तव्य राख्दै संस्थाप्रति आभार व्यक्त गरेका थिए।

वक्ताहरूले आयुर्वेद स्वास्थ्य क्षेत्रमा सेवा, अनुशासन, इमानदारिता, समर्पण र व्यावसायिक नैतिकताको महत्त्वमा विशेष जोड दिँदै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका थिए। उनीहरूले स्वास्थ्य सेवामा आयुर्वेदको बढ्दो आवश्यकता र यसको सामाजिक योगदानबारे पनि प्रकाश पारेका थिए। साथै, संस्थाबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई समाजको हितमा प्रभावकारी, जिम्मेवार र सेवामूलक ढंगले उपयोग गर्न आग्रह गरिएको थियो।

कार्यक्रमको समापनमा बिदाइ हुने विद्यार्थीहरूलाई सफल व्यावसायिक जीवन, उज्ज्वल भविष्य तथा समाजमा सम्मानित स्थान प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गरिएको थियो। साथै, उनीहरूको आगामी यात्रामा निरन्तर प्रगति, आत्मविश्वास र सफलताको कामना गर्दै कार्यक्रम सौहार्दपूर्ण रूपमा सम्पन्न भएको थियो।

कमेन्ट लोड गर्नुस