कीर्तिपुरमा कारभित्र जलेर एक जनाको मृत्यु, मृतकको पहिचान खुल्यो
काठमाडौँः काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक सुरेशचन्द श्रेष्ठ रहेका छन्। उनी जलेको कारका धनी समेत रहेको प्रहरीले जनाएको छ।
मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ। आगलागीको कारण र घटनाको वास्तविकता खुलाउन प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।