सुदूर नेपाललाई विश्वसँग जोड्दै

बनभोज खान गएका युवक गोदावरी खोलामा फसे, सकुशल उद्धार

२०८३ असार २९, ०१:२२ खबर संवाददाता

कैलाली– गोदावरीको खोलामा फेका एक जनाको उद्धार गरिएको छ । 

आइतबार कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलाको बीच भागमा फसेका पुरुष्को उद्धार गरिएको हो । 

बर्दगोरिया गाउँपालिका–१, कैलाली निवासी ३६ वर्षीय अपिल मल्लको उद्धार गरिएको मालाखेती प्रहरीले जनाएको छ । 

बनभोजबाट फर्कने क्रममा मल्ल खोलाको बीच टापुमा फसेका थिए । 

उनलाई नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त विपद् उद्धार टोलीले तत्काल घटनास्थलमा खटिई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस