कैलालीमा अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ
धनगढीः कैलालीमा अपहरण तथा बन्धक मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार जिल्ला अदालत कैलालीको फैसला कार्यान्वयनको क्रममा इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको टोलीले गौरीगंगा नगरपालिका–३, कुचैनी निवासी ३३ वर्षीय जितबहादुर चौधरीलाई आइतबार उनकै घरबाट पक्राउ गरेको हो।
चौधरीलाई जिल्ला अदालत कैलालीको फैसलाअनुसार अपहरण तथा बन्धक मुद्दामा ६ वर्ष कैद सजाय सुनाइएपछि उनी फरार रहेका थिए। फरार रहेका उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।