चोरी मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ
कञ्चनपुरः चोरी मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चोरी मुद्दामा २ वर्ष कैद सजाय र २ हजार जरिवाना तोकिएको लालझाडी गाउँपालिका–३ बल्मी बस्ने २१ वर्षीय रोशन राना र चोरी मुद्दामै २ २ वर्ष कैद सजाय र २ हजार जरिवाना तोकिएको लालझाडी गाउँपालिका–५ देखतभुली बस्ने २१ वर्षीय सोलेमान राना रहेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ पुस ३ गतेको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।