सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

२०८३ असार २५, ०३:३८ रासस

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकबाट ‘आर्थिक विधेयक, २०८३’ पारित भएको छ। अब सो विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ।
     
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट पारित भएको हो।
     
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो ‘विधेयक सुझाव विना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यसअघि उनले सो विधेयकमाथि दफाबार छलफलका लागि प्रस्ताव प्रस्तुत गरेका थिए।
     
दफाबार छलफलमा भाग लिँदै सभाका सदस्य डा प्रेम दङ्गाल, सम्झना देवकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले शिक्षा र स्वास्थ्य सेवामा कर थप्न नहुने विषयमा आग्रह गरे।
     
बैठकको शून्य समय सदस्यहरूले सुकुमवासीलाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्नेलगायत विषयमा ध्यानाकर्षण गरे।

कमेन्ट लोड गर्नुस