सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीकाे गैराखानमा बस दुर्घटना: दुई जनाकाे अवस्था गम्भीर

२०८३ असार १९, ०४:२६ खबर संवाददाता

बैतडी: बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ। धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१ ००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो साढे ३ बजे बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो।

बसमा सवार १७ जनाकाे उद्दार गरी पाटन स्वास्थ्य चाैकी, खाेड्पे स्वास्थ्य चाैकी र डडेल्धुरा अस्पताल लगिएकाे छ भने २ जनाकाे अवस्था गम्भीर रहेकाे जानकारी प्रहरी कार्यालय बैतडीका डिएसपी भुवन तिमिल्सेनाले दिए।

बस सडकबाट १०० मिटर तल खसेको डिएसपी तिमिल्सेनाले बताएका छन्।

कमेन्ट लोड गर्नुस