सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा फरार प्रतिबादी पक्राउ

२०८३ असार १७, १२:०३ खबर संवाददाता

कञ्चनपुर: फैसला कार्यान्वयनका क्रममा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२/०८/०१ गतेको फैसलाअनुसार अपराधिक उपद्रव मुद्दामा २ महिना १० दिन कैद तथा रु. ३,००० जरिवाना सजाय तोकिएका कृष्णपुर नगरपालिका–४ निवासी ५९ वर्षीय रणबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ गुलरिया बजारबाट उनलाई पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस