कञ्चनपुरको वेदकोटमा वडा कार्यालयलाई १३ कट्ठा जग्गा दान
कञ्चनपुरको वेदकोट नगरपालिकामा वडा कार्यालय स्थापनाका लागि भन्दै झण्ड १३ कठ्ठा जग्गा दान गरेका छन्। वेदकोट नगरपालिका वडा नम्बर २ का वीरबहादुर भट्टले ६ कट्ठा ७ धुर र गणेशबहादुर स्वाँरले ६ कटा १२ धुर गरी १२ कठ्ठा १९ धुर जग्गा दान गरेका हुन्।
वडा नम्बर २ का अध्यक्ष नरेश बहादुर सिंहले भट्ट र स्वाँरले वडा कार्यालय स्थापनाका लागि जग्गा दान गरेको जानकारी दिए। वडा कार्यालयको भवन निर्माणका लागि भने यसअघि नै ठेक्का सम्झौता भईसकेकाले छिट्टै निर्माणको काम अगाडी बढ्ने सिंहले बताए। जग्गा दान गर्ने व्यक्तिलाई वडा कार्यालयले धन्यवाद ज्ञापन समेत गरेको छ।