सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा खैरो हेरोईनसहित एक युवक पक्राउ

२०८३ असार १४, ०७:३८ खबर संवाददाता

दार्चुलाः दार्चुलामा खैरो हेरोईनसहित एक युवक पक्राउ परेकका छन्।

दार्चुलाको महाकाली नगरपालिका–९ बेतबाट मालिकार्जुन गाउँपालिका–१ भर्तोला बस्ने २६ वर्षीय मनिष सामन्तलाई ६ ग्राम लागूऔषध खैरो हेरोईनसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रदेश ०१–००८ प २९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई खलङ्गाबाट गोकुलेश्वर तर्फ जादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी, मोटरसाइकलसहित निजलाई पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस