सुदूर नेपाललाई विश्वसँग जोड्दै

धारा सुकेपछि धनगढी–७ मा उपमहानगरपालिकाद्वारा खानेपानी वितरण

२०८३ असार १३, ०३:०९ खबर संवाददाता

धनगढीः लामो समयदेखि वर्षा नहुँदा खानेपानीको समस्या बढेपछि धनगढी उपमहानगरपालिका–७ को शिविर क्षेत्रमा उपमहानगरपालिकाले खानेपानी वितरण गरेको छ।

वडा नम्बर ७ का विभिन्न स्थानका नल तथा धाराहरू सुकेर दैनिक उपभोगका लागि आवश्यक पानीको अभाव भएपछि धनगढी उपमहानगरपालिकाले पानी बोक्ने साधनमार्फत प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराएको हो।

उपमहानगरपालिकाका अनुसार शिविर क्षेत्रमा दैनिक प्रयोगका लागि आवश्यक पानी वितरण गरिएको हो। पानी वितरण भएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।

धनगढी उपमहानगरपालिकाले लामो समयसम्म वर्षा नहुँदा खानेपानीको समस्या देखिएका अन्य क्षेत्रमा समेत आवश्यकता अनुसार पानी वितरणलाई निरन्तरता दिने जनाएको छ।

कमेन्ट लोड गर्नुस