कैलालीमा २ युवक र २ युवती लागूऔषधसहित पक्राउ
धनगढीः कैलालीमा २ युवक र २ युवती लागूऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको भजनी नगरपालिका–१ भजनी बजारबाट अवैध लागूऔषध खैरो हिरोइन ५७० मिलिग्राम, नगद भारतिय रुपयाँ १३ हजार र नेपाली रुपयाँ ८ हजार १४० सहित २ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–१ घन्टाघर बस्ने २५ वर्षकी प्रेयंका चौधरी र भजनी नगरपालिका–८ सोनाफांटा बस्ने २२ वर्षकी कमला परियार रहेका छन्। बिशेष गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ र नगद फेला पारि पक्राउ गरेको जनाएको छ।
यसैगरी कैलारी गाउँपालिका–५ पबेराबाट अवैध लागूऔषध खैरो हिरोइन १६० मिलिग्रामसहित २ जना युवकलाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सुसान्त चौधरी र गौरिगंगा नगरपालिका–८ बस्ने ३३ वर्षीय हेइमन बखरिया रहेका छन्। यी दुबै जना युवकलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारि पक्राउ गरेको जनाएको छ।