सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्यमा वृद्धि

२०८३ असार ८, १२:३५ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ।
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु एक हजार ४०० ले वृद्धि भएको छ। यस्तै, चाँदी रु ४० ले बढेको छ।
 
आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार सातसय र चाँदी चार हजार ७३० निर्धारण भएको छ।
 
आइतबार एकतोला सुनको मूल्य रु दुई लाख ८७ हजार ३०० मा कारोबार भएको थियो।एकतोला चाँदीको मूल्य रु चार हजार ६९० मा कारोबार भएको थियो।
 
शुक्रबार एकतोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६४० मा खरिद बिक्री भएको थियो।
 
अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार १८८ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ। 

कमेन्ट लोड गर्नुस