सुदूर नेपाललाई विश्वसँग जोड्दै

नायक विराज भट्टका जेठा दाजु चेतराज भट्टको सवारी दुर्घटनामा निधन

२०८३ असार ८, १२:१९ खबर संवाददाता

धनगढीः नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता विराज भट्टका जेठा दाजु चेतराज भट्टको सवारी दुर्घटनापछि निधन भएको दुःखद खबरले हामी स्तब्ध भएका छौँ।

कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट चोकमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–५ गेटाका ६५ वर्षीय चेतराज भट्टको उपचारका क्रममा आइतबार साँझ निधन भएको हो।

यस पीडादायी घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त भट्ट परिवार, आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। उनको आत्माले चिरशान्ति प्राप्त गरोस् भन्ने कामना गर्दछौँ।

दुःखको यस क्षणमा दिनेश खबर परिवार दिवंगत चेतराज भट्टप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।

कमेन्ट लोड गर्नुस