सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीबाट अबैध बोईलर कुखुरा र सिद्रा माछा बरामद

२०८३ असार ७, ०७:५० खबर संवाददाता

धनगढीः कैलालीको कैलारीबाट अबैध बोईलर कुखुरा र सिद्रा माछा बरामद गरिएको छ।

कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४३ हजार ६ सय बराबरको बोईलर कुखुरा र सिद्रा माछा लगायतका सामान बरामद गरेको हो। शनिबार इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस