सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका दुई स्थानबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

२०८३ असार ६, ०८:४८ खबर संवाददाता

धनगढीः कैलालीका दुई फरक स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर नगरपालिका–८ श्रीलङ्काबाट बर्दियाको राजापुर नगरपालिका–७ भिमापुर निवासी १९ वर्षीय सनम थारुलाई खैरो हेरोइनजस्तो देखिने ५ ग्राम ५० मिलिग्राम धुलो पदार्थसहित पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी, धनगढी उपमहानगरपालिका–७ स्थित जेपी चोकबाट खैरो हेरोइनजस्तो देखिने ५७० मिलिग्राम धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी–७ का २५ वर्षीय बेखलाल राना र २८ वर्षीय भक्तु राना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूको चेकजाँच गर्दा लागूऔषध फेला परेपछि नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस