सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक समीर परियार ‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०८३’ मा क्याप्टेन जुरी बने

२०८३ असार ५, ०४:४९ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम सिङ्गिङ एण्ड डान्सिङ स्टारका विजेता समीर परियार अहिले ‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०८३’ मा क्याप्टेन जुरीको भूमिकामा देखिएका छन्।

गत वर्षको प्रतियोगिताका विजेता परियार अछाम जिल्लाबाट आफ्नो सांगीतिक यात्रा सुरु गर्दै छोटो समयमै सुदूरपश्चिमको चर्चित युवा कलाकार बनेका हुन्। उनी विशेषगरी “झम्के साँझैमा बाजमोरेली” लगायतका गीतमार्फत दर्शकमाझ परिचित छन्।

हाल सञ्चालन भइरहेको प्रतियोगिताको जिल्लास्तरीय अडिसन २०८३ जेठ ९ गतेदेखि सुरु भएको आयोजकले जनाएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा अडिसन भइरहेको छ।

प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ नगद, ४ लाख रुपैयाँ बराबरको अडियो/म्युजिक भिडियो, २ वर्षको कन्ट्र्याक्ट तथा थाइल्याण्ड, मलेसिया र सिङ्गापुर भ्रमणको अवसर प्राप्त गर्नेछन्।

आयोजकले गायन तथा नृत्यमा रुचि भएका सबैलाई प्रतियोगितामा सहभागी हुन क्याप्टेन जुरी समीर परियारले आग्रह गरेका छन्।
 

कमेन्ट लोड गर्नुस