सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेल बजार सेभेन एएम कप फुटसल प्रतियोगिता आयोजना हुने

२०८३ असार ३, ०४:४०

धनगढी: खेल बजारको मुख्य प्रायोजन तथा टिम ७ एएमको आयोजनामा “सेभेन एएम कप फुटसल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ। प्रतियोगिता असार ६ र ७ गते फ्ल्याटल्याण्ड फुटसल मैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

३० वर्ष उमेर पूरा गरेका खेलाडीहरू मात्र सहभागी हुन पाउने प्रतियोगिताको दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको छ। प्रतियोगितामा विजेता टोलीले २५ हजार ५ सय ५५ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार ५ सय ५५ नगद पुरस्कार पाउने प्रतियोगिताका संयोजक सरोज देउवा बताए । 

त्यसैगरी उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय ५५ तथा उत्कृष्ट गोलरक्षकलाई १ हजार ५ सय ५५ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

खेल बजार सेभेन एएम कप फुटसल फुटसल प्रतियोगितामार्फत खेलकुदको विकास, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजक टिम ७ एएमले जनाएको छ। प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीहरूले आयोजकसँग सम्पर्क गर्न सक्नेछन्।

कमेन्ट लोड गर्नुस