सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश पदाधिकारी सर्वसम्मत रूपमा निर्वाचित

२०८३ असार ३, ११:२५ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेशस्तरीय पदाधिकारीहरू सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। 

प्रदेश सभापति र सदस्यमा निर्वाचन भए पनि उपसभापति र महामन्त्री लगायतका पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका हुन्। प्रदेश पदाधिकारीहरूमा सभापतिमा प्रकाश बिष्ट निर्वाचित भएका छन्। यस्तै, उप-सभापतिमा भोजराज जोशी, महामन्त्रीमा सन्तोष जोशी, प्रवक्तामा तेज बहादुर ठकुल्ला चयन भएका छन्।

सह-महामन्त्री तथा संगठन विभाग प्रमुखको जिम्मेवारी पारस बाहुनलाई दिइएको छ भने सह-महामन्त्रीमा जशु भट्ट चयन भएका छन्। कोषाध्यक्षमा गणेश बहादुर बोहरा निर्वाचित भएका छन्।

नवनिर्वाचित पदाधिकारीहरूले संगठन, प्रदेश र राष्ट्रको हितमा एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीलाई जनमुखी, उत्तरदायी र प्रभावकारी बनाउँदै प्रदेशस्तरमा संगठन विस्तार र सुदृढीकरणमा नयाँ नेतृत्वले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस