दुई संसदीय समितिको बैठक बस्दै
२०८३ जेठ २०, ०८:४८
काठमाडौँ: आज प्रतिनिधि सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दै छन्।
जसअन्तर्गत बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ। बैठक मा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित र उपसमिति गठन गर्नेबारे छलफल हुने कार्यसूची रहेको छ।
कमेन्ट लोड गर्नुस