सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोजर लगाएर उठीबास गराएको भन्दै काठमाडौंमा सुकुम्बासीको प्रदर्शन

२०८३ वैशाख ३१, ०५:०९ खबर संवाददाता

काठमाडौं: सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी क्षेत्रमा जबरजस्ती डोजर चलाएर उठीबास गराइएको भन्दै बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ।

संयुक्त सुकुम्बासी मोर्चा लगायत विभिन्न संघसंस्थाको अगुवाइमा माइतीघरमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारले कुनै विकल्प नदिई बस्ती हटाएर अन्याय गरेको आरोप लगाए।

प्रदर्शनकारीहरूले भूमि तथा आवास अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै निरन्तर आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

प्रदर्शनका क्रममा “सरकारको सय कार्यसूची सार्वजनिक गर”, “मौलिक हक कार्यान्वयन गर” लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

कमेन्ट लोड गर्नुस