सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपामा सुदूरपश्चिम प्रदेशको इञ्चार्ज–सहइञ्चार्ज जिम्मेवारी हेरफेर

२०८३ वैशाख २७, ११:०७ खबर संवाददाता

धनगढीः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारीमा परिवर्तन गरेको छ।

यसअघि इञ्चार्ज तोकिएका भीम रावलले जिम्मेवारी स्वीकार नगरेपछि उक्त पदको जिम्मेवारी भानुभक्त जोशीलाई दिइएको छ। जोशी यसअघि सहइञ्चार्जको भूमिकामा रहेका थिए।

यस्तै, सहइञ्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारीसमेत दिइएको छ।

अब सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जको जिम्मेवारी भने खगराज भट्टले मात्रै सम्हाल्ने भएका छन्।

संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी) मार्फत उक्त जिम्मेवारी हेरफेर गरिएको हो।

कमेन्ट लोड गर्नुस