सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वगृहमन्त्री रमेश लेखक पनि छुटे

२०८२ चैत्र २६, १२:३२ खबर संवाददाता

काठमाडौँः पूर्वगृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन्। महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएका उनलाई आवश्यक परेमा उपस्थित हुने सर्तमा छुटाइएको हो।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनी पौने ११ बजे रिहा भएका हुन्। अनुसन्धानका क्रममा आवश्यक परे पुनः उपस्थित हुने प्रतिबद्धतासहित उनलाई छाडिएको प्रहरीले जनाएको छ।

जेन्जी आन्दोलनको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको न्यायिक आयोगको सिफारिसअनुसार लेखकलाई चैत्र १४ गते पक्राउ गरिएको थियो। सोही प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ परेका थिए, जो यसअघि नै हाजिरी जमानीमा रिहा भइसकेका छन्।

सर्वोच्च अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि दुवै नेता रिहा भएका हुन्।

कमेन्ट लोड गर्नुस