सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य घट्यो

२०८२ चैत्र २६, ११:०१ रासस

काठमाडौँः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ। सुन प्रतितोला चार हजार ३०० र चाँदी तोलामा रु १५० ले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८७५ कायम भएको छ। 

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २५ कायम भएको थियो।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस