सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउनु भएनः गृहमन्त्री गुरुङ

२०८२ चैत्र १३, ०४:३४ रासस

काठमाडौँः नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउने अवस्था अन्त्य गर्न आग्रह गरेका छन्। गृह मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्नेमा जोड दिए।
 
जेनजी आन्दोलनको अगुवाइ गर्नुभएका मन्त्री गुरुङले आन्दोलनलगत्तै मन्त्रीहरुको सेवासुविधा खारेजी र सवारीका क्रममा नागरिकलाई सास्ती दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका थिए। सांसदको सुविधा जनतालाई नै समर्पण गर्ने घोषणा गर्नुभएका मन्त्री गुरुङ आफैँ निजी कार चलाएर मन्त्रालयबाट बाहिरिएका थिए।
 
“नागरिक तहमा ‘भिआइपी मुभमेन्ट’ले गाह्रो पार्दै आएको छ, यस क्रममा नागरिकले दुःख पाउनु भएन, यस्तो कार्य नगर्न सबै मन्त्रीहरुलाई आग्रह गर्दछु”, मन्त्री गुरुङले भने।
 
एकद्वार प्रणालीमार्फत सेवा प्रवाह

मन्त्रालयमा पदबहालीपश्चात् जेनजी सहिद परिवार र घाइतेलाई साक्षी राखेर गृहमन्त्री गुरुङले मन्त्रालय तथा मातहतको निकायबाट हुने सेवा प्रवाहलाई एकद्वार प्रणालीमार्फत प्रदान लैजाने निर्णय गरे।
 
मन्त्री गुरुङले जेनजी आन्दोलनका सहिद परिवार र घाइेतलाई राज्यका तर्फबाट सुविधा दिनका लागि विभिन्न मन्त्रालयका प्रतिनिधि रहेको कार्यदल गठन गरिने बताए।

कमेन्ट लोड गर्नुस